आगामी आर्थिक वर्षदेखि बीमा क्षेत्रको एकीकृत निर्देशन कार्यान्वयनमा ल्याउँछौंः अध्यक्ष ओझा

453 Shares

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिकाहरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताउनु भयो । 

विमक र बीमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले प्रभावकारी नियमन र सुपरिवेक्षणलाई चुस्तता दिन नसकेको बताउनु भयो । उहाँले उक्त एकीकृत निर्देशनलाई आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जिकिर गर्नुभयो । उहाँले उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारीरूपमा सहयोग गर्ने अपेक्षा राख्नुभयो ।

उहाँले बीमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा उक्त एकीकृत निर्देशनले प्रभावकारी भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।