357
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला ३ हजार पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी ३५ रुपैंयाँले घट्दै एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया