काठमाडौँ । २०८२ साल ज्येष्ठ १ गते बिहीबार । तदनुसार १५ मे २०२५ तृतीया तिथी, ५२ घडी, ११ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र १९ घडी ६ पला ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१७ मा भयो भने सूर्यास्त ६ः४५ मिनेटमा हुनेछ। आज चन्द्रमा बृश्चिक राशिमा रहेका छन् ।
मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत हुनेछ । शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ।
वृष राशि
मानसम्मान पाइने योग छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ।
मिथुन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। शैक्षिक कार्यमा बाधा आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ।
कर्कट राशि
जग्गासम्बन्धी विवाद बढेर जानेछ । लेखनशैलीमा कमी आउनेछ। विश्वास गरेका साथीभाइबाट अपहेलित हुनु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
सिंह राशि
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी भइनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । बोलीमा सुधार भएर जानेछ।
कन्या राशि
स्थायी सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ। व्यवसायिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक सरसहयोग प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
तुला राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ। लेखनशैलीमा कमी आउनेछ । सञ्चित धनको नाश हुनुका साथै अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ।
वृश्चिक राशि
सौन्दर्यतामा मन जानेछ । दाम्पत्य जीवनमा माधुर्यता छाउने छ। सृजनशील क्षेत्रमा रुचि बढेर जाने देखिन्छ । स्थायी सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ।
धनु राशि
पारिवारिक कलह बढेर जानेछ । शैक्षिक क्षेत्रमा बाधा आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । वैदेशिक कार्यमा बाधा आउने देखिन्छ।
मकर राशी
न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यसम्बन्धी समस्यामा सुधार भएर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। दाजुभाइमा मेलमिलाप बढेर जानेछ।
कुम्भ राशि
बोलीमा कठोरता हुनेछ । शत्रु पक्षबाट जोगिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउनेछ। दाजुभाइमा कलह बढेर जानेछ । परिवारमा असमन्जस्य मिल्ने देखिन्छ।
मीन राशि
आर्थिक क्षेत्रमा कमी आउनेछ । आवश्यक विवाद बढेर जानेछ। मान्यजनबाट अपहेलित हुनुपर्नेछ। आकस्मिकरुपमा यात्रा गरिनेछ बौद्धिक कार्यमा ह्रास आउने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया