काठमाडौँ । सरकारले आयोजना बैंक स्थापना गर्ने तयारी गरेको छ ।
बुधबार साँझ सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले आयोजना बैंक स्थापनाको तयारी गर्ने निर्णय गरेको हो । बैठकले बोर्डका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरणका लागि सूचि तयारी गर्ने सम्बन्धमा प्रश्ताव पारित गरिएको बोर्डका प्रमुख कार्यकारी अधिृकत सुशील ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार बैठकले ७ वटा कार्यसूचिमा छलफल गरेको हो ।
छलफलमा लगानी बोर्डमा लामो समयदेखि विभिन्न आयोजनाहरुको सूचि रहेको र त्यसलाई प्राथमिकीकरण गर्ने निर्णय गरिएको बताउनु भयो । नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र निकायहरुका साथै प्रदेश सरकार र स्थानीय तह सञ्चालन हुने आयोजनामध्ये कुन आयोजनाहरुलाई निजी साझेदारीमार्फत लैजाने, कुन—कुन आयोजनामा निजी क्षेत्रको लगानी परिचालन गर्ने, कुन—कुन आयोजनाहरु सरकारको लगानीबाट अघि बढाउने भन्नेमा एउटै धारणा बनाउने निर्णय भएको बताउनु भयो ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई महान्यायाधिवक्ता कार्यलयको कानूनी राय लिएर अघि बढाउने निर्णय भएको पनि बताउनु भयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिलेको बजेट वक्तव्यमा सरकारले प्राथमिकतामा राख्नुपर्ने विषय र निजी क्षेत्रको लगानी परिचालनका निम्ति ध्यान दिनुपर्ने विषयहरुमा पनि निर्णय भएको जानकारी दिनुभयो । सार्वजनिक निजी साझेदारीसम्बन्धी ऐनलाई एकीकृत गरेर अघि बढाउने, सार्वजनिक निजी साझेदारीसम्बन्धी खरिद प्रक्रियालाई पारदर्शी र स्पष्ट बनाएर लैजाने कुराका लागि निर्देशिका तयारी गर्ने लगायतका विषयमा छलफल भएको बताउनु भयो ।
लागनी बोर्डमार्फत आगामी आर्थिक वर्षमा कुन आयोजना कसरी अघि बढाउने भन्ने सम्बन्धमा पनि छलफल भएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया