नेप्से परिसूचक १३.८४ अंकले घट्याे, ८ अर्ब ७३ करोडकाे काराेबार

372 Shares

काठमाडौँ । बुधबार नेप्से परिसूचक १३.८४ अंकले घटेर २ हजार ६२०.३९ को विन्दुमा कायम भएको छ । 

आज नेप्सेमा कारोबार भएका ६२ कम्पनीको शेयर मूल्य बढ्दा १८३ कम्पनीको मूल्य भने घटेको छ । यस दिन ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।