प्रतितोला पाँच सयले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

335 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।