प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने

406 Shares

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

495577896_666497336019725_8845704141723291219_n.jpg

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

गत बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।