१४.१२ अङ्कले घट्याे नेप्से, ९ अर्ब ६३ करोडकाे कारोबार

425 Shares

काठमाडौँ । शेयर बजार मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । आज बजार परिसूचक १४.१२ अङ्क घटेको हो । 

यससँगै २ हजार ६३४.८६ अङ्क कायम भएको छ । आज बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज ७७ कम्पनीको मूल्य बढ्दा १६८ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज दुई वटा कम्पनीहरू क्रेट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । 

जीवन बीमा, विकास बैङ्क र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको सूचक बढ्दा अरू सूचक घट्का छन् । सबैभन्दा बढी होटल र ट्रेडिङ क्षेत्रको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।