शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

318 Shares

काठमाडाैं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गर्नुभयो । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो। उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएकाे छ । 

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रम अन्तर्गत शालिक निर्माण गरिएको बताउनु भयो । झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने बताउनु भयो । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने बताउनु भयो । जोशी मुलुककै गहना भएको बताउँदै प्रमुख महर्जनले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्याउनुभएको बताउनु भयो ।