कुन्तावेँसी । काभ्रेपलाञ्चोक जिल्लाकाे मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ खस्रे गुरुङ गाउँ सामुदायिक होमस्टे र लमजुङ जिल्ला क्व्होलासोथर गाउँ पालिका वडा नम्बर ३ को दक्षिण एसियाकै नमुना होमस्टे घलेगाउँबीच मितेरी सम्बन्ध कायम गर्नको लागि प्रस्ताव पेस गरिएको छ ।
नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाको उपस्थितीमा वडा नम्बर ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाई र लमजुङकाे क्व्होलासोथर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अस्मिर गुरुङबीच मितेरी सम्बन्ध कायम गर्ने प्रस्ताव गरिएको हाे ।

यसलाई पूर्णता दिएर दुवै वडाबीच भगेनीसम्बन्ध कायम गराउने प्रयासमा दुवै पालिका लागिपरेका छन् । यसले दुई जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएकाे छ । यसअघि पनि मण्डनदेउपुर नगर र जापानकाे फूजिनाेमिया नगरबीच भगिनी सम्बन्ध कायम भइसकेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया