लगानी प्रोत्साहन हुने खालको बजेट आउनुपर्छः चन्द्र ढकाल

369 Shares

काठमाडौं । सरकार आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट निर्माणमा लाग्दै गर्दा निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी प्रोत्साहन हुने खालको बजेट ल्याउनुपर्ने बताउनुभएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटका सन्दर्भमा आइतबार राखेको प्रिबजेट छलफलमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको र त्यसले निजी क्षेत्र प्रवद्धनलाई सकारात्मकरुपमा लिएको र आगामी वर्षको बजेट लगानीलाई प्रोत्साहन गर्ने गरी आउनेमा निजीले अपेक्षा गरेको बताउनु भयो ।  

उहाँका अनुसार यस पटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको बिस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवर्द्धन, सुशासन अभिवृद्धि एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनु पर्दछ । साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति एवं उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम यस पटकका प्रमुख आकर्षण हुनुपर्छ ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघले देशभरबाट गरेको अध्ययन अनुसार उद्योग व्यवसाय बिस्तारको बाधकका रुपमा नीतिगत अस्थिरतालाई देखिएको बताउनु भयो ।