बजेटको सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा पेश

344 Shares

काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ । 

आइतबार राष्ट्रिय सभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रश्ताव पेश गर्नुभएको हो । उहाँले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताउनु भयो । 

अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्र मैत्री, प्रतिष्पर्धी र  आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताउनु भयो । नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तिब्रता हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । विकासको ढाँचा, गति र संस्कृति बदल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।