प्रतितोला ३०० ले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

367 Shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । 

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएकोमा आइतबार १ लाख ९० हजार ५०० कायम भएकाे छ। 

यता चाँदीको मूल्य भने केही बढेको छ । शक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९७० रुपैयाँ कायम भएको हो ।