काठमाडाैं । मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताउनुभएको छ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य सचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले तीनै तहका सरकारले आगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले अघिल्ला वर्षहरूमा नीति तथा कार्यक्रमहरू अत्याधिक महत्वाकांक्षी बनाइँदा कार्यान्वयनमा समस्या आएको पनि बताउनु भयो ।
नीति तथा कार्यक्रम यथार्थपरक र तीन तहका कामको स्पष्ट आधारमा बनाइएको उहाँको भनाइ छ । उहाँले युवामुखी स्टार्टअप व्यवसाय, कृषिको आधुनिकीकरण, उत्पादन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया