नीति तथा कार्यक्रम वर्तमान समस्या समाधान गर्ने गरी आएको छः मन्त्री अधिकारी

332 Shares

काठमाडाैं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नीति तथा कार्यक्रम तत्काल देखिएका समस्या समाधान गर्न र वर्तमान परिस्थितिलाई सम्बोधन गर्नेगरी आएको बताउनुभएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै नीति तथा कार्यक्रम वर्तमानको माग सम्बोधन गर्नेगरी आउने भएकाले सत्ता पक्षमात्र नभई प्रतिपक्षीले पनि ताली बजाएर स्वागत गरेको प्रतिक्रिया दिनुभयो । नीति तथा कार्यक्रममा विगतका कुरालाई पछ्याउनु पर्छ भन्दा पनि विगतका कार्यक्रमलाई कति स्थान दिन सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनु भयो । उहाँले यो एउटा मर्यादा र सिष्टममा रहने परिपाटी भएकाले यसमा विकासका लागि आवश्यक संविधान संशोधनदेखि नियम कानुन परिमार्जनसम्मका कुराहरु समेटिएको स्पष्ट पार्नुभयो । 

नीति तथा कार्यक्रम गर्नै नसकिने गरी कहिल्यै नआउने र भएका साधन स्रोत परिचालन गरेर समाधान दिनसक्ने गरी आउने स्पष्ट पार्नुभयो ।