भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। घटना शनिबारकाे हाे ।
भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। उनका अनुसार यो संख्या अझै बढ्न सक्छ।
रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए ।
घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्या रहेको पत्ता लागेको छ।
भ्यानकुभर सिटी काउन्सिलर पिटर फ्राईले घटनाबाट आफू दुःखी भएको बताएका छन्। यहाँ हरेक वर्ष अप्रिल २७ मा लापु-लापु दिवस मनाइन्छ। लापु लापु एक राष्ट्रिय नायक थिए जसले स्पेनी उपनिवेशवादको विरुद्धमा बोलेका थिए।एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया