ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानूनी व्यवस्था गर्न आवश्यकः अध्यक्ष ढकाल

415 Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दोजुल्दो ब्राण्ड देखिने गरेको बताउनु भयो । 

नेपालको कानूनले बौद्धिक सम्पत्तीको पेटेन्ट अधिकार सुरक्षित गरेको बताउनु भयो । उहाँले बौद्धिक सम्पत्तीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताउनु भयो । विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पत्तीसम्बन्धी नाराले पनि बौद्धिक सम्पत्ती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उहाँको भनाइ छ। 

अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठूलो मूल्य हुने भएकाले औद्योगिक सम्पत्तीको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।