गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौंः मुख्यमन्त्री आचार्य

495 Shares

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

बुधबार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने उहाँको भनाइ छ । 

श्रमिकको स्वास्थ्य परिक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरु स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताउनु भयो । उहाँले सडकमा आन्दोलन गरेर नभई संघीय सरकारसँग वार्ता र समन्वय गरी विमानस्थल सञ्चालन गरिने बताउनु भयो । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए । तर मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । सरकार विमानस्थलको दिगो सञ्चालनको लागि आवश्यक कामहरु भइरहेको दाबी गर्दै आएको छ ।