ह्वात्तै घट्याे सुनको मूल्यः एकै दिन ७ हजार ५०० रुपैयाँकाे गिरावट, कतिमा हुँदैछ काराेबार ?

384 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार एकै दिन तोलामा ७ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ह्वात्तै बढेकाे सुन बुधबार ह्वात्तै घटेकाे हाे । 

महासंघका अनुसार साेमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियाे । बुधबार १ लाख ९० हजार ४०० मा काराेबार भइरहेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले नेपाली बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ । 

यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी बुधबार १ हजार ९६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।