काठमाडौंमा मंसिर १२ गते मारवाडी महोत्सव आयोजना हुँदै

10 Shares


मारवाडी समुदायको कला, संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यले काठमाडौंमा आगामी मंसिर १२ गते मारवाडी महोत्सव आयोजना हुने भएको छ । महोत्सवमार्फत समुदायको मौलिक पहिचान, सांस्कृतिक विरासत र परम्परालाई प्रवद्र्धन गरिनेछ ।

साथै, विभिन्न सांस्कृतिक गतिविधि र परम्परागत प्रस्तुतिमार्फत मारवाडी समुदायको रहनसहन तथा सांस्कृतिक विशेषता प्रदर्शन गरिने अपेक्षा गरिएको छ ।

महोत्सवले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पु¥याउने विश्वास गरिएको छ ।