काठमाडौंको माइतीघर मण्डलामा जातीय विभेदविरुद्ध न्यायको माग गर्दै जारी सत्याग्रहप्रति ऐक्यबद्धता जनाउने क्रम बढ्दै गएको छ । करिब २०९ दिनदेखि न्यायको मागसहित धर्नामा बसिरहनुभएकी दीपा नेपालीको मागप्रति ऐक्यबद्धता जनाउन जेनजी आन्दोलनका नेतृत्वकर्ता मिराज ढुङ्गाना तथा तेस्रो धार निर्माण अभियानका अभियन्ता टेकेन्द्र जोशी माइतीघर पुग्नुभएको छ ।
जातका आधारमा कुनै पनि नागरिकमाथि विभेद गर्न नहुने भन्दै मिराज ढुङ्गानाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै, लामो समयदेखि धर्नामा बस्दा पनि सरकारले आवाज नसुनेको भन्दै टेकेन्द्र जोशीले न्यायका लागि सरकारलाई जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभएको छ ।
करिब २०९ दिनसम्म सडकमा बसेर न्यायको आवाज उठाउनुपर्ने अवस्थाले जातीय विभेद र सामाजिक न्यायको विषयमा गम्भीर प्रश्न खडा गरेको छ । जातीय विभेदको अन्त्य, समानताको सुनिश्चितता र न्यायपूर्ण समाज निर्माणका लागि सरकारको ध्यान कहिले पुग्ने? अहिले माइतीघरबाट उठिरहेको मुख्य प्रश्न यही हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया