भासिएको सडकको पुनर्निर्माणमा ढिलाइ, पृथ्वी राजमार्गमा जामको समस्या

64 Shares

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा भासिएको सडक लामो समयसम्म पुनर्निर्माण नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।सडक भासिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधान हुन नसक्दा यस खण्डमा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

भासिएको स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिँदा सडकमा जाम बढ्ने गरेको छ। यातायात व्यवस्थापन सहज बनाउन प्रहरीले आलोपालो प्रणाली लागू गरी सवारीसाधन सञ्चालन गराइरहेको छ । सवारीको चाप बढेका बेला यात्रुले लामो समयसम्म जाममा बस्नुपर्ने अवस्था रहेको छ। सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले निर्माण कम्पनी

लाई पुनर्निर्माणको काम छिटो सम्पन्न गर्न ताकेता गरिएको बताउनुभएको छ । 
सडकमा पाँच वर्षको वारेन्टी अवधि कायम रहेकाले पुनः भासिएको भागको मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने श्रेष्ठले जानकारी दिनुभएको छ । सडकको पुनर्निर्माणमा ढिलाइ हुँदा यात्रु तथा चालकले निरन्तर असुविधा भोग्नुपरेको छ ।