ललितपुर। चाडपर्वको उत्साहलाई थप रोमाञ्चक बनाउने उद्देश्यले म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले नयाँ अभियानको औपचारिक घोषणा गरेको हो । अभियानअन्तर्गत उपभोक्ताले यामाहा मोटरसाइकल तथा स्कुटर र प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेआर स्कुटर जित्न सक्नेछन् । त्यस्तै, बम्पर पुरस्कारअन्तर्गत एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन् ।
अभियानका लागि विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । यस्ता क्यान प्राप्त गर्ने उपभोक्ता नै पुरस्कारका विजेता बन्नेछन् ।
कम्पनीले दशैंको अवसरमा उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्नुका साथै ब्रान्डसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याएको जनाएको छ ।
दशैंमा किनमेल, पारिवारिक भेटघाट र उत्सवको माहोललाई थप उत्साहपूर्ण बनाउने लक्ष्यसहित सुरु गरिएको अभियानमार्फत म्याक्स टाइगरले देशभरका उपभोक्तामाझ आफ्नो पहुँच विस्तार गर्ने अपेक्षा गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया