सरकार ठिक ढंगले अगाडि बढ्न सकेन : प्रचण्ड

15 Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताउनुभयो ।

उहाँले सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भएपनि समग्रमा ठिक ढंगले जनहितमा काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले दैनिक उपभोग्य वस्तुमा बढ्दो महंगीबारे पार्टीले जनतालाई प्रशिक्षित गर्ने कार्य गरिरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले शुरुमै भनेका थियौँ सरकारले राम्रो काम गर्दा हामीले सहयोग गर्छौँ, नराम्रो गरेको ठाउँमा आलोचना गर्छौँ भनेर भनेका थियौँ । यो ६ महिनामा सबै कुरा सकारात्मक छैनन् भन्ने त होइन । तर समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइराख्या छैन । महंगी लगायतका समस्याको विषयमा जनतालाई प्रशिक्षित गरेका काम गरेका छौँ । अरु आन्दोलनका कुरा पछि हुन्छन् । विपद्पछिको प्रतिकार्यमा सबैभन्दा बढी सक्रिय नेकपा रह्यो । रसुवा बाढीपछिको विपद् प्रतिकार्यमा नेकपा अग्रणी स्थानमा रहेको उहाँको दाबी छ ।