पूर्वप्रधानन्यायाधीश जबराको ‘धरपकड’ राज्यको दादागिरी हो : सांसद क्षितिज थेबे

23 Shares

काठमाडाैं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नियन्त्रण शैलीप्रति आपत्ति जनाउँदै वर्तमान सरकारको कार्यशैलीलाई ‘टोले गुण्डा’को संज्ञा दिनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको धरपकडले सुशासन कायम नहुने र यसले सरकारको अधिनायकवादी चरित्र देखाउने जिकिर गर्नुभएको हो ।

सांसद थेबेले पूर्वप्रधानन्यायाधीशलाई प्रहरीले ससम्मान नियन्त्रणमा लिनुपर्नेमा राज्यले नै अपहरणको शैली अपनाएको दाबी गर्नुभयो । उहाँले सरकारको यस किसिमको गतिविधिले जनतामा त्रास फैलाउने काम मात्र गरेको भन्दै सरकार स्वयं ‘धामी र झाँक्री’ दुवै बनेर अराजकता मच्चाउन उद्यत रहेको आरोप लगाउनुभयो ।

उहाँले सरकार केवल सामाजिक सञ्जालमा कन्टेन्ट बनाउन र प्रचारबाजीमा व्यस्त रहेको तर पुनर्निर्माणको काम ठप्प भएको गुनासो गर्नुभयो । देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै थेबेले प्राकृतिक विपद्को सामना गर्न सरकार विफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी नै थियो भने बर्दी हुन्थ्यो, तर यहाँ त राज्यकै नाममा गुण्डागर्दी गरियो। यो विधि र कानूनको उपहास हो । कालीगण्डकी, बागमती र कोशीले देशलाई रुवाएको छ। क्लाइमेट जस्टिसका विषयमा सरकार गम्भीर हुनुपर्नेमा प्रधानमन्त्री भने जवाफ दिनबाट पन्छिँदै आउनुभएको छ । ग्यास अभाव र महङ्गीले जनताको ढाड सेकेको छ, तर सरकार जवाफदेही छैन ।’

आर्थिक संकट र महङ्गीको विषय उठाउँदै उनले मुद्रास्फीति ९इन्फ्लेसन० दर १।४ प्रतिशतबाट ५।५५ प्रतिशत पुग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाउनु भयो उनले थपे। उनले एमाले सधैँ स्थिरताको पक्षमा रहे पनि सरकारको गलत रबैयाका कारण जनताले सडकमा आउनुपर्ने अवस्था सिर्जना भइरहेको चेतावनी दिनुभयो ।