सुनचाँदीको मूल्यमा उकालाे यात्रा जारी

9 Shares

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला ३ हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार तोलामा २ हजार एक सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार एक सय रूपैयाँमा कारोबार झएको थियाे।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला ४ हजार ७ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी आइतबार तोलामा ४ हजार ७ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला २० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।