पाकिस्तानको फोरटीले जित्याे पब्जीको उपाधि

16 Shares

काठमाडौं । पाकिस्तानको फोरटी वालेले पब्जी मोबाइल ग्लोबल ओपन साउथ एशियन च्याम्पियसिपको उपाधि जितेको छ।

इस्पोर्ट्स संघ नेपाल (इशान) र पब्जी मोबाइलको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा सम्पन्न प्रतियोगितामा फोरटीले तीन चिकेन डिनरसहित २ सय ९ अंक जोडेकाे हाे। फोरटीले पहिलो दिनदेखि नै अग्रता लिएको थियो ।अन्तिम दिन शनिबार उत्कृष्ट प्रदर्शनका साथ नेपाली टोली टीटुकेले दोस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेकाे छ।

टीटुकेले दुई चिकेन डिनसहित १ सय ८८ अंक जोड्यो । टिटुके तेस्रो दिनको समप्तीसम्ममा पाँचौँ स्थानमा थियो । अर्को नेपाली टोली होर इस्पोर्ट्स तेस्रो स्थानमा रह्यो । होरले तीन चिकेन डिनरसहित १७५ अंक जोड्यो । शुक्रबारसम्म होरा दोस्रो स्थानमा थियो । शीर्ष तीन टोलीले पब्जी मोबाइल ग्लोबल ओपन सिजन-२ को मुख्य प्रतियोगितामा स्थान पक्का गरेका छन् ।

प्रतियोगिताको विजेता फोरटीले ९ हजार, उपविजेता टीटुकेले ५ हजार ५ सय र तेस्रो भएको होरले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेमा हुन् । प्रतियोगितामा दक्षिण एसियाका १६ पब्जी टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालबाट चार, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी १६ टिम सहभागी थिए ।