काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्त एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५ औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालगायत पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभयो । बिहीवार बसेको बैठकमा देउवापक्षका नेताहरूको उपस्थिति छ ।
सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएको बताउँदै तोकिएको समयमा महाधिवेशन सम्पन्न हुने बताउनुभयो ।
कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुनेछ भने विभिन्न तहको अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया