चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान

17 Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । इच्छुक योग्य व्यक्तिले यहि असोज ७ गतेभित्र कार्यालय समयभित्र आवेदन पेश गर्न मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्दै आग्रह गरेको छ । दिनेश डिसीको दुई वर्षे कार्यकाल गत भदौ ११ गते सकिएको थियो। सूचना तथा सञ्चार मन्त्रालयले अहिले बोर्डको कार्यवाहक अध्यक्ष सहसचिव रविलाल शर्मालाई तोकेको छ।

नयाँ अध्यक्ष नियुक्त भएपछि शर्मा पुनः मन्त्रालयमै फर्किनुहुने भएकाे हाे। सञ्चार मन्त्रालयले ७ दिनभित्र प्राप्त आवेदकबाट ‘सर्ट लिस्ट’ गरेर तीन जनाको नाम छनोट गर्ने भएकाे हाे । मन्त्रिपरिषद्ले सञ्चार मन्त्रालयले सिफारिस गरेका तीनजनामध्ये योग्य एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने कानूनी प्रक्रिया रहेकाे छ।