अमेरिकामा समाचार संकलनमा गएको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

11 Shares

एजेन्सी । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि गएकाे हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार च्याट्सवर्थ क्षेत्रमा भएको बस दुर्घटनाको समाचार संकलन गर्ने क्रममा स्थानीय मिडियाकाे हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनापछि घटनास्थलमा भीषण आगलागी भएको थियो।

लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा चार जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये तीन जनालाई मृत घोषणा गरिएको छ भने एक जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

मृत्यु हुनेमध्ये एक जना हेलिकप्टरमा नभई भुइमा रहेका व्यक्ति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनामा परेको हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भए पनि त्यसमा सवार पाइलट तथा समाचारकर्मीको अवस्थाबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान अघि बढाएकाे छ ।