इरानमा यात्रुवाहक विमानकाे टायर पड्किएपछि आपत्कालीन अवतरण

16 Shares

एजेन्सी । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ ।

उडान भर्ने क्रममा मंगलबार साँझ विमानको एउटा टायर पड्किएको हाे। ‘यूओएल’का अनुसार सफरान एयरलाइन्सको बोइङ ७३७ विमानको टायर पड्किएपछि इन्जिनमा समेत क्षति पुगेको छ । त्यसपछि पाइलटले विमानलाई सुरक्षित रूपमा पुनः मशहद विमानस्थल फर्काएका थिए ।

विमान मशहदबाट केर्मानशाह तर्फ उडेको थियो । विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको र कोही पनि घाइते नभएको जनाइएकाे छ। इरानी समाचार एजेन्सी ‘आख्रिन खबर’ले घटनाको भिडियो सार्वजनिक गरेको हाे।

भिडियोमा अवतरणका क्रममा विमानको छतको भित्री भाग फुटेर यात्रुमाथि खसेको देखिएकाे छ।