गोरखा र तनहुँसहित २० जिल्ला आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

8 Shares

काठमाडौं । देशका गोरखा र तनहुँसहित २० जिल्लामा साेमबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको जनाएकाे हाे। साेमबार संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालीकोट, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। देशका केही ठूला नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने महाशाखाले पूर्वानुमान गरेकाे छ ।