इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता

9 Shares

एजेन्सी। इन्डोनेसियामा यात्रुवाहक पानीजहाज (फेर्री) दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

साेही दुर्घटनामा परी १३० जनता बेपत्ता भएका हुन् । जाभा समुद्रमा यात्रुवाहक पानीजहाज पल्टिँदा अन्य १ सय ७ जनाको भने सफल उद्धार गरिएकाे बीबीसीले जनाएको छ। खराब मौसमका कारण उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका हुन् ।

उक्त यात्रुवाह पानीजहाज सुरबयादेखि दक्षिणी कलिमन्थानतर्फ प्रस्थान गरिरहेको थियो । करिब १ सय ५० किलोमिटर यात्रा गरिसकेपछि पानीजहाज सम्पर्कविहीन भएको थियो । उद्धारका लागि पानीजहाज तथा हेलिकाेप्टर परिचालन गरिएको छ । २ सय ८० उद्धारकर्ताहरू परिचालित गरिएकाे छ।

जाभा समुद्रका सबै पानीजहाजलाई कहीँ कतै जहाज तथा यात्रुकाे बारेमा केही पत्ता लागेमा तुरून्तै खबर गर्न भनिएको छ ।पानीजहाजका ३० सदस्यबाहेक २ सय १३ यात्रु सवार भएकाे बीबीसीले जनाएको हाे ।