14
Shares
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्दै छ।
समितिको बैठक कक्ष सिंहदरबारमा आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलका साथै विविध विषयमा छलफल हुने भएकाे छ।
छलफलका लागि कृषि, वन तथा पर्यावरणमन्त्री र सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जनाएकाे हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया