एजेन्सी। इराकले आफ्नै भू-भागबाट साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ।
साउदी अरबले घटनाकाे बारेमा अनुसन्धान अघि बढाउन इरानसँगका केही सीमा नाका बन्द गरेको हाे। देशभित्र ड्रोन प्रक्षेपणस्थल फेला परेपछि इराकी सरकारले इरान जोड्ने तीन वटा सीमा नाका अस्थायी रूपमा बन्द गरेको एक इराकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
आक्रमणका दोषी भागेर इरान जान सक्ने आशंकामा साेही नाका बन्द गर्ने आदेश दिइएको हाे। बन्द गरिएका नाकामा बसरा प्रान्तको सलामचाह, मैसान प्रान्तको अल–सिब र दियाला प्रान्तको मन्दाली रहेका छन् ।
दक्षिण-पूर्वी प्रान्त मैसानको अल-तायिब सीमा क्षेत्रमा ड्रोन प्रक्षेपण गर्ने उपकरण फेला परेपछि सो क्षेत्रलाई समेत बन्द गरी व्यापक खोजतलास अभियान जारी राखिएको जनाइउकाे हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया