सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, मन्त्रीलाई लाखौं खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडाैं ल्याइयो: प्रमुख सचेतक थापा

13 Shares

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुत्केरीले समयमा अस्पताल पुग्न नपाए पनि मन्त्रीलाई भने लाखौं रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडाैं ल्याएको टिप्पणी गर्नुभएकाे छ ।

प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले जनताले भने राहत नपाएको बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-“जनताले राहत पाउँदैनन् । सिटामोल पाउँदैनन् । सुत्केरीले समयमा अस्पताल पाउँदैनन्।काठमाडौंको मिनिरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर काठमाडौं ल्याइन्छ । कान खोलेर सुन्नुस् । मन्त्रीको जीवन जति मूल्यवान, कर्णालीका नागरिकको जीवन त्यति नै मूल्यवान छ।”

प्रमुख सचेतक थापाले मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत दिन नसकेको आरोप समेत लगाउनुभयाे। पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भाइरल ज्वरो आउँदा हेलिकोप्टरबाट ल्याइएको विषयमा टिकाटिप्पणी भइरहेको छ ।