काठमाडौं । अविरल वर्षासँगै ओखलढुंगा र रामेछापसहित देशका २९ जिल्लामा मंगलबार आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।मंगलबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले महाकाली, कर्णाली र नारायणी लगायतका केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया