काठमाडौं । नेपाल आयल निगमका अनुसार आज मिति २०८३ साल भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ ।
निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ । त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ ।
काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री वितरण भएको निगमले जनाएको छ। पछिल्ला दिनहरूको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको हो ।
पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमका निर्देशक विनीतमणि उपाध्यायले जानकारी दिए । निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया