17
Shares
काठमाडौँ । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका–५ घर भएका २९ वर्षीय कमल रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बगनाहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया