जनैपूर्णिमा मेला लक्षित गर्दै गोसाइँकुण्डमा तयारी तीव्र

13 Shares

काठमाडौं । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने मेलालाई लक्षित गर्दै खाद्यान्न र आवास व्यवस्थापन तीव्र पारिएको छ।गोसाइँकुण्ड मार्गका २५ भन्दा बढी होटलले दाल, चामल, तेल, नुन, मसलालगायत खाद्य सामग्री भण्डारण गरिसकेका छन्। होटल तथा लजका कोठामा रङरोगन, शय्या परिवर्तन र आवश्यक मर्मतसम्भारको काम पनि गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ।तीर्थयात्रीको चापलाई ध्यानमा राख्दै दुई सयभन्दा बढी अस्थायी ‘थर्पु’ निर्माण गरिँदैछ। थर्पुमा म्याट ओछ्याएर बस्ने व्यवस्था गरिनेछ भने अस्थायी शौचालयसमेत निर्माण गरिने लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।जनैपूर्णिमा मेलामा ठूलो सङ्ख्यामा तीर्थयात्री आउने भएकाले खाद्यान्न, आवास, सरसफाइ र अन्य आवश्यक सेवाको तयारीलाई प्राथमिकता दिइएको व्यवसायीहरूले बताएका छन्।