महोत्तरीमा बसको ठक्करबाट एक युवककाे ज्यान गयाे

18 Shares

काठमाडाैं । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका-१ शाहीचोकमा पैदलयात्रीलाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले साेमबार बिहान भएकाे दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३५ वर्षीय एक जना युवकको परिचय भने नखुलेकाे जनाएकाे हो ।

साेही दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेकाे छ ।