एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबिच, हिमाचल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको छ । राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार जुन –३० मा मनसुन सुरु भएदेखि हिमाञ्चल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो ।
ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया