सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मि रिजाल मृत्यु प्रकरणमा अनुसन्धान जारी

17 Shares

काठमाडौं । तारकेश्वर नगरपालिका–स्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा मृत भेटिएकी सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मि रिजालको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।४५ वर्षीया रिजाल साउन ८ गते घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। भोलिपल्ट उनी आफ्नै विद्युतीय गाडीभित्र मृत अवस्थामा भेटिएकी थिइन्।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आफैं पेट्रोल छर्केर आगो लगाएको देखिएको छ। घटनास्थलको सीसीटीभी फुटेजमा अन्य व्यक्तिको उपस्थिति नदेखिएको जनाएको छ। परिवारको जाहेरीका आधारमा सानिमा क्यापिटलका सीईओसहित तीन कर्मचारीसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।