सरकार र डा गोविन्द केसीबिच ७ बुँदे सहमति, केसीले तोडे अनसन

12 Shares

काठमाडौं । सरकार र डा. गोविन्द केसीबिच ७ बुँदे सहमति भएको छ । सोमबार सरकारसँग सहमति भएसँगै डा. केसीले अनसन ताडेका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा. केसीले अनसन तोडेका हुन् ।

बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो ।