18
Shares
काठमाडौं । कैलालीकाे धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ ।
डा. केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो ।वार्ता साेमबार बिहान १० बजे पुनः बस्ने डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभएकाे छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आइतबार बिहानदेखि वार्ता शुरु गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया