नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

13 Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।

बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमामा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला पाँच हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार तोलामा पाँच हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ८५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार चार सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।