काठमाडौं । सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोड मध्ये वक्यौता दायित्व १२ रुपैयाँ करोड भुक्तानी भएको डिडिसीले जनाएको हाे।
कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी)को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रका डेरी उद्योगले किसानलाई ३ अर्ब र डीडीसीले ४६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया