काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डाेलप्रसाद अर्यालसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेकाे बैठक शुरु हुनेबित्तिकै बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुख अर्याललाई आग्रह गर्नुभएको हो ।
सभामुखलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि आफूहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
अध्यक्ष राईले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्री शाहलाई सदनमा ल्याउनुपर्ने, अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिनुभयो ।… अध्यक्ष राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको भएपनि नियमको पालना नहुँदा सदनको मर्यादामा आँच पुगेको टिप्पणी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया