सगरमाथाको प्राकृतिक स्वरूप जीवन्त राख्दै हिमाली वातावरण संरक्षण गर्न राष्ट्रपति पौडेलको आग्रह

14 Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न आग्रह गर्नुभएको छ । मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा बुधबार आयोजित ‘एभरेष्ट समिटर्स समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।

सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्रै पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गर्नुभएकाे छ।

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा चुनौती थपिएकोमा राष्ट्रपति पाैडेलले चिन्ता व्यक्त गर्नुभयो ।… राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्वतीय पर्यटनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै उहाँले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गर्नुभएकाे छ।