एस्टनभिल्लाले जित्याे ३० वर्षपछि युरोपा लिग फुटबलको उपाधि

158 Shares

काठमाडाैं । एस्टनभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति सम्पन्न भएकाे फाइनल खेलमा एस्टनभिल्लाले जर्मन क्लब फ्राइबर्गलाई ३–० गोलले पराजित गर्दै ३० वर्षपछि ठूलो सफलता हात पारेको हो । खेलमा युरी टिलेमान्सले ४१ मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको ५८ मिनेट अर्को गोल थपेका थिए । योसँगै एस्टन भिल्लाले सन् १९९६ पछि पहिलो पटक ठूलो उपाधि जितेको हो ।

भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो । त्यस्तै. भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो । सन् १९८२ माभिल्लाले युरोपियन कप जितेको थियो । टोलीका प्रशिक्षक उनाई एमरीले युरोपालिगमा व्यक्तिगत रूपमा पाँचौं पटक उपाधि जित्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।